ब्राउनसुगरसहित तीन जना पक्राउ

समाचार

10/10/2020

कैलाली, २४ असोज । धनगढी उपमहानगरपालिका–३ चटकपुरबाट सोही नगरपालिका–१३ बस्ने २६ वर्षीय बालगोबिन्द राना सहित ३ जनालाई ब्राउनसुगरसहित पक्राउ गरिएको छ ।

१८ ग्राम ४ सय १० मिलीग्राम लागूऔषध ब्राउनसुगर सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कैलाली र अस्थायी प्रहरी पोष्ट चटकपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ