ब्राउनसुगरसहित तीन जना पक्राउ

समाचार

4/4/2021

मोरङ, २२ चैत । उर्लाबारी नगरपालिका–४ आइतबारेबाट ३ सय ६० मिलिग्राम अवैध लागूऔषध ब्राउन सुगर सहित ३ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा उर्लाबारी नगरपालिका–४ बस्ने २२ वर्षीय प्रबिन आचार्य, १९ वर्षीया आयुषा लिम्बु र २१ वर्षीय बिसाल लिम्बु रहेका छन् ।

ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा उक्त लागूऔषध सहित उनीहरूलाई पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ