ब्राउनसुगरसहित दुई जना पक्राउ

समाचार

1/19/2021

मोरङ, ६ माघ । रतुवामाई नगरपालिका–४ आमबारीबाट १ सय २६ ग्राम १४ मिलीग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही नगरपालिका–२ झुर्किया बस्ने ४२ वर्षीय मोहम्मद रफिक मिया र भारत अररिया कुचहा धाता बस्ने २२ वर्षीय मोहम्मद नवाब आलम रहेका छन् ।

लागूऔषध नियन्त्रण कार्यालय बिराटनगर र ईलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोलीले बिआर ३७ यू ५८२३ नम्बरको मोटरसाइकललाई जाँच गर्नेक्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ