ब्राउनसुगर जस्तो देखिने धुलोसहित एक जना पक्राउ

समाचार

2/2/2021

बाँके, २० माघ । नेपालगंज उपमहानगरपालिका–४ बसपार्कबाट ३ ग्राम १ सय मिलीग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलोसहित एक जना पक्राउ परेका छन् ।

सोही ठाउँ बस्ने ३० वर्षीय वीरेन्द्र वलीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

वीरेन्द्रको राजित जनरल स्टोरमा अवैध लागूऔषधको कारोबार भईरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँके र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंजबाट खटिएको संयुक्त टोलीले जाँच गर्नेक्रममा स्टोरभित्र उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ