ब्राउनसुगर र नगदसहित दुई जना पक्राउ

समाचार

7/4/2021

कैलाली, १९ असार । घोडाघोढी नगरपालिका–१ घोडाघोडीबाट ९ ग्राम ३ सय ६० मिलिग्राम अबैध लागूऔषध ब्राउन सुगर र नगद १ लाख २७ हजार ५ सय रूपैयाँ सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २३ वर्षीय बिशाल थापा र १९ वर्षीय श्याम मगर रहेका छन् ।

ईलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरीले उनीहरुको साथबाट उक्त पदार्थ र नगद सहित फेला पारी पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ