बाराका थप एक संक्रमितको मृत्यु

समाचार

11/1/2020

बारा, १६ कार्तिक । बाराका थप एक कोरोना संक्रमितको वीरगञ्जमा मृत्यु भएको छ। निजगढ नगरपालिका–९ का ६३ वर्षीय पुरूषको नेशनल मेडिकल कलेजको आइसोलेसन सेन्टरमा मृत्यु भएको हो ।

उनको उपचार क्रममा निधन भएको निजगढ नगरपालिकाका स्वास्थ्य शाखा संयोजक रमेश लामाले जानकारी दिए । मृतकको उनको छोरा–बुहारी, ५ र ९ वर्षको नातीनातीनामा समेत कोरोना संक्रमण भएको छ । उनीहरुमा कुनै लक्षण देखिएकाले होम आइसोलेसनमा बसेका छन्। घरका अन्य तीन सदस्यमा पनि परीक्षण गरिने उनले जानकारी दिए ।

उच्च ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि अस्पताल लगिएकोमा १३ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएको थियो । सोही दिन नेसनल मेडिकल कलेनको आइसोलेसन सेन्टरमा भर्ना गरिएको थियो। आइसोलेसन भर्ना गर्दा नै कोभिड निमोनियाका कारण उनको अवस्था गम्भीर भएको थियो ।

असोज ११ सम्म कोरोना संक्रमण शून्य रहेको निजगढमा दशैं नजिकिएसँगै सक्रिय संक्रमितको संख्या बढेर १८ जना पुगेको छ । निजगढमा एक बालकसहित ५ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको संयोजक लामाले जानकारी दिए ।

त्यस्तै स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार बारामा एक हजार ८ सय ८८ जनामा कोरोना संक्रमण भएकोमा सक्रिय संक्रमित एक सय ६० जना छन् भने २० जनाले ज्यान गुमाएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ