वीरगन्ज, १७ बैशाख । बाराका २ दुई र पर्साका १ जनामा कोरोना भाइरस पोजिटिभ देखिएको पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा बाराका दुई र पर्साका एक जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
नेपालमा कोरोना संक्रमितको संख्या ५७ पुगेको छ । बाराको जीतपुर सिमरा नगरपालिकाका ४३ वर्षीय, सिम्रौनगढका ३१ वर्षीय र पर्साको वीरगञ्ज–२ छपकैयाका ४६ वर्षीय पुरुषहरूमा संक्रमण देखिएको हो ।
आइतबार वीरगञ्जका दुईजना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको थियो । तीनै जना दिल्लीमा तबलिगी जमातको धार्मिक सभामा सहभागी भएर फर्किएका थिए ।
तपाईको प्रतिक्रिया