बाराको दुधौरा नदीमा पुल शिलान्यास

समाचार

1/19/2021

बारा, ६ माघ । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको जीतपुर–ईनर्वासिरा सडक दुधौरा नदीमा पुल शिलान्यास गरिएको छ ।

जीतपुरसिमरा–८ रमौली लोसन्डा र वडा नम्बर २० बसडील्वा जोड्ने रमौलीघाटस्थित नदीमा प्रदेश सरकारले पुल निर्माण गर्न लागेको छ। पुलको प्रदेश नम्बर २ को भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले शिलान्यास गरेका हुन् ।

भ्याटसहित १२ करोड ७० लाख ७२ हजार ८ सय ५७ रुपैयाँ १४ पैसा लागतमा १ सय मिटर लामो पुल बनाउनका लागि ठेक्का सम्झौता भएको छ । आगामी २०७६ असोज २८ गते सम्झौता भएको पुलको काम २०७९ बैशाख २ गतेभित्र सक्नुपर्ने सम्झौतामा उल्लेख छ ।

पुल नहुँदा वर्षायाममा जीतपुरसिमराका स्थानीय २५ किलोमिटर लामो वैकल्पिक बाटो प्रयोग गरेर सदरमुकाम कलैया आउ–जाउ गर्दै आएका छन् ।

 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ