बर्दिबासमा मास्क बैंक

समाचार

9/24/2020

महोत्तरी, ८ असोज । कोरोना महामारीलाई नियन्त्रण गर्ने उद्देश्यले महोत्तरीको बर्दिबासमा नेपालकै पहिलो मास्क बैंक स्थापना गरिएको छ । शिक्षा, स्वास्थ्य तथा विपद् व्यवस्थापनको क्षेत्रमा काम गर्दै आएको चौतारी नेपालले चौतारी जापानसँगको समन्वयमा सो मास्क बैंक स्थापना गरेको हो । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलद्वारा उक्त मास्क बैंक उद्घाटन गरिएको छ ।

उद्घाटनको अवसरमा संस्थाले २० जना स्वास्थ्यकर्मी तथा पत्रकारलाई सेनिटाइजर, ग्लब्स, एन ९५ मास्क, सर्जिकल मास्क, हेड कभर, फेस सिल्ड तथा सुज कभरलगायत एक एक थान स्वाथ्य सामग्री वितरण गरेको छ भने ५० जना सुरक्षाकर्मीलाई सर्जिकल मास्कसमेत वितरण गरेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ