बर्दिबास घटनाको छानबिन गर्न समिति

समाचार

11/27/2020

काठमाडौं, १२ मंसिर । गृह मन्त्रालयले बर्दिबास घटनाको छानबिनका लागि समिति गठन गरेको छ ।

महोत्तरीको बर्दिबास नगरपालिका–४ की ६ वर्षीया गुलाब खातुनको हत्या घटनालाई लिएर भएको प्रदर्शनमा घाइते भई उपचारको क्रममा मृत्यु भएको विषयमा छानबिनका लागि उपसचिवको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको गृह मन्त्रालयले जनाएको छ ।

गृहले विज्ञप्ती निकालेर मृतक खातुन र प्रदर्शनका क्रममा ज्यान गुमाएका बुद्धिराज न्यौपानेको परिवारलाई उचित राहत(क्षतिपूर्ति उपलब्ध गराउन र घाइतेको उपचार खर्च सरकारले बेहोर्ने प्रक्रिया अगाडि बढिसकेको जनाएको छ।

खातुनको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै मंसिर ७ गते प्रदर्शन भएको थियो। प्रदर्शनमा न्यौपाने घाइते भएपछि उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको थियो । उनको उपचारका क्रममा निधन भएको थियो । खातुनको हत्यामा संलग्न आरोपी प्रहरी नियन्त्रणमा छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ