महोत्तरी, १२ भाद्र । महोत्तरीको बर्दिबास नगरपालिकाले आफैँ कोभिड–१९ को परीक्षण शुरु गरेको छ ।
आफ्ना नगर क्षेत्रभित्रका जनताका लागि आफ्नै लगानीमा आरडीटी पीसीआर मेशिन गरिद गरी नगरपालिकाले अब आफैँले कोभिड–१९ को परीक्षण शुरु गरेको नगरप्रमुख विदुरकुमार कार्कीले बताए ।
नगर क्षेत्रभित्र पनि कोरोना समुदायस्तरमै फैलिएको भन्दै उहाँले सङ्क्रमणलाई नियन्त्रणमा लिन सबभन्दा पहिले सङ्क्रमितको सम्पर्कमा आएकालाई पहिचान गर्दै तिनको परीक्षणलाई प्राथमिकता दिएको बताए ।
पहिला कोरोना परीक्षणको रिपोर्ट आउन १५ दिन लाग्ने गरेको तर अब आफ्नै मेशिन भएपछि आजको भोलि नै रिपोर्ट आउने र दैनिक ८०० को स्वाब परीक्षण गर्न मिल्ने भएको उनले बताए ।
तपाईको प्रतिक्रिया