बारा, ३ असार । बारामा एक युवकको शव फेला परेको छ । बाराको बिश्रामपुर गाउँपालिका–१ बरैनिया बजारनजिकै युवकको शव फेला परेको हो ।
रोडको छेउमा फेला परेको शब बिश्रामपुर– २ भरवलिया निवासी २६ बर्षिय भादो बैठाको रहेको बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले बताए ।
मृतक युवकको शरिरमा निलडाम देखिएकोले कसैले हत्या गरेर फालेको हुनसक्ने उनको भनाई छ ।
‘मृतकको शरीरमा कुटपिटको निलडाम देखिएको छ, कसैले हत्या गरेर फालेको पनि हुनसक्छ’,उनले भने,‘हामी अहिले तालिम प्राप्त कुकुरसहितको टोलीसहित घटनास्थलमा अनुसन्धान गर्दैछौ ।’
तपाईको प्रतिक्रिया