बारा, २१ असोज । जितपुरसिमरा उपमहानगरपालिका–७ बाट करिब १ सय ५० किलो अवैध लागूऔषध गाँजा बुधबार प्रहरीले बरामद गरेको छ ।
ईलाका प्रहरी कार्यालय जीतपुरबाट खटिएको प्रहरीलाई देख्नासाथ पथलैयाबाट जितपुरतर्फ आउँदै गरेको ना.७ ख ९४५४ नम्बरको ट्रक छोडी चालक र सहचालक फरार भएपछि ट्रकमा राखेको उक्त परिमाणको गाँजा फेला पारेको हो ।
फरार ट्रक चालक र सहचालकको प्रहरीले खोजी गरिरहेको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया