सिमरा, १४ पुस । संसद विघटनविरुद्ध बाराका ४ निर्वाचन क्षेत्रमा नेपाली कांग्रेस प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले छुट्टाछुटै विरोध कार्यक्रम गरेको छ ।
नेपाली कांग्रेस केन्द्रीय सदस्यहरूले सम्बोधन गर्ने गरी बाराको निजगढ, कलैया, सिमरा र गढीमाई गरी ४ वटा निर्वाचन क्षेत्रमा छुट्टाछुट्टै विरोध र्याली आयोजना गरिएको हो ।
कार्यक्रममा केन्द्रीय सदस्यहरु उमाकान्त चौधरी,फरमुल्ला मन्सुर, राधेचन्द्र यादव र वृजलाल यादवले छुट्टाछुट्टै सम्बोधन गरेका हुन् । कांग्रेस निर्वाचन क्षेत्र नं ४ का सभापति सुनिल गुप्ताले लोकतन्त्र बचाउन र कम्युनिष्टका कारण देशमा हुन सक्ने दुर्घटना रोक्न कांग्रेसले विरोध कार्यक्रम आयोजना गरेको बताए ।
स्थानीय, प्रदेश तथा संघ सरकार गठन भएको ३ वर्षको अवधीमा कांग्रेसले पहिलोपटक नेता तथा कार्यकर्तालाई सडकमा उतारेको हो ।
तपाईको प्रतिक्रिया