बारामा प्रधानमन्त्रीको पुतला दहन

समाचार

2/7/2021

बारा, २५ माघ । जनता समाजवादी पार्टी नेपाल बाराले कलैयामा आइतबार प्रधानमन्त्री केपी ओलीको पुतला दहन गरेको छ ।

संसद विघटन गरेर प्रधानमन्त्री ओलीले संघीय लोकतन्त्रलाई कमजोर बनाउन खोजेको आरोप लगाउँदै जसपाले उनको पुतला दहन गरेको हो ।

कलैयाको रामजानकी मन्दिर परिसरबाट प्रधानमन्त्रीको पुलता जलाउँदै शुरु गरिएको विरोध प्रदर्शन भरतचोकमा पुग्दा प्रहरीले हस्तक्षेप गरेको त्यसलाई निभाउन खोजेको थियो ।

प्रधानमन्त्री ओलीको पुतला दहनलाई प्रहरीले निभाउन खोज्दा जसपाको कार्यकर्ताहरुले त्यसलाई बचाउन खोज्दा केही बेर प्रहरी र प्रदर्शनकारीबीच घम्साघम्सी समेत भएको थियो ।

जसपा बाराका प्रवक्ता अरुण सिँहले शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको आरोप लगाए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ