बारामा प्रधानमन्त्री ओली र पाकिस्तान विरुद्ध प्रदर्शन

समाचार

7/17/2020

बारा, २ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले रामजन्मभूमी अयोध्याबारे दिएको अभिव्यक्तिबारे राष्ट्रिय एकता अभियानले बाराको जीतपुरमा विरोध प्रदर्शन गरेको छ । अभियानले पाकिस्तान सरकारविरुद्ध पनि प्रदर्शन गरेको छ ।

प्रधानमन्त्री ओलीले भानुजयन्तीका अवसरमा अयोध्या नेपालमा रहेको भन्ने विवादास्पद अभिव्यक्तिको विरोधमा जीतपुरमा विरोध प्रदर्शन गरिएको हो ।

अभियानका समर्थकहरुले प्रधानमन्त्री ओलीले अयोध्यामाथि दिएको तथ्यहीन वक्तव्य र पाकिस्तान सरकारले हिन्दू मन्दिर भत्काएको विरोधमा विरोध प्रदर्शनमा उत्रिएका हुन । प्रदर्शनमा उनीहरुले पाकिस्तान सरकार र प्रधानमन्त्री ओलीलाई खबरदारी गरेका थिए ।

यसअघि पनि राष्ट्रिय एकता अभियान पर्साले अमेरिकी मिलेनियम च्यालेन्ज कोर्पोशन (एमसीसी) सम्झौता र परराष्ट्रमन्त्रीले गोरखाको रुई गाउँ सम्बन्धि दिएको गैरजिम्मेवारी अभिव्यक्तिको विरोधमा वीरगञ्जमा प्रर्दशन गरेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ