बारामा बिजुलीको पोलमा सुमो ठोक्किँदा एक जनाको मृत्यु

समाचार

11/17/2020

बारा, २ मंसिर । कलैया उपमहानगरपालिका–२४ श्रीपुर बेलवाडीमा पिलुवाबाट कलैयातर्फ जाँदै गरेको ना.१ ज २८७९ नम्बरको सुमो अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किँदा एकको मृत्यु भएको छ ।

मंगलबार बिहान दुर्घटना हुँदा सुमोमा सवार जितपुर सिमरा उपमहानगरपालिका–१७ बस्ने ३० वर्षीया सुखी धामीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको कलैया अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

साथै दुर्घटनामा घाइते भएका सुमो चालक समेत अन्य १२ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ