बारामा सेनाको निःशुल्क स्वास्थ्य शिविर

समाचार

1/26/2021

बारा, १३ माघ । नेपाली सेनाले सिम्रौनगढ नगरपालिकाअन्तर्गतका सात सय जनाको निःशुल्क स्वास्थ्य जाँच गरी औषधि वितरण गरेको छ ।

प्रदेश २ का सामाजिक विकास मन्त्रालय, नेपाल औषधि उत्पादक संघ, सैनिक अस्पताल पोखरा, सिम्रौनगढ नगरपालिका र कलैयास्थित चन्दननाथ गणको समन्वयमा सेनाको २८ नम्बर बाहिणीले सर्वसाधारण नागरिका स्वास्थ्य परीक्षण गरी औषधि वितरण गरेको हो । शिविरमा रोगबाट पीडित गरिब तथा पिछडिएका समुदायका अधिकांश रोगीहरुले सेवा लिएका छन् ।

शिविरले मुटु, हाडजोर्नी, श्वासप्रश्वास, आँखा, पाठेघर रोगसम्बन्धी सेवा दिएको छ । कोरानाको महामारी र चिसोले उपचार गराउन नपाएका रोगीहरुले घरआँगनमै निःशुल्क सेवा पाएपछि खुसी देखिन्थे ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ