बारामा ७० हजार मेट्रिकटन चैते धान उत्पादन

समाचार

7/13/2021

बारा, २९ असार । बारामा यस वर्ष ७० हजार मेट्रिक टन चैतेधान उत्पादन भएको छ । कृषि ज्ञानकेन्द्र बाराका अनुसार १५ हजार १०५ हेक्टर क्षेत्रफलमा विभिन्न जातको चैते धान खेती गरिएकामा मौसम राम्रो भएको र समयसमयमा पानी परेका कारण उत्पादनमा वृद्धि भएको हो ।

६९ हजार ९७२ मेट्रिकटन धान उत्पादन भएको ज्ञानकेन्द्रका प्रमुख जीतेन्द्र यादवले जानकारी दिए ।

गत वर्ष विभिन्न जातका चैते धान १२ हजार ११५ हेक्टर क्षेत्रफलमा खेती गरी प्रतिहेक्टर ४ दशमलव ४ मेट्रिकटनले ५३ हजार ३०६ मेट्रिकटन उत्पादन भएको थियो । गत वर्षभन्दा यस वर्ष भने उत्पादनमा बढेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ