सर्लाही, १० असार । सर्लाहीको बरहथवा नगरपालिकामा दुई गाउँबीच कुटाकुट हुँदा २० जनाभन्दा बढी घाइते भएका छन् ।
वडा नम्बर १७ पररिया टोल र वडा नम्बर १८ श्रीपुरका स्थानीयबीच बालबालिकाको झगडाको विषयलाई लिएर झडप भएको इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी उद्धवसिंह भाटले जानकारी दिए ।
बालबालिकाले जामुनको विषयलाई लिएर झगडा गर्दा उनीहरूका अभिभावक आएर झगडा बल्झाएका डिएसपी भाटले बताए ।
झडपमा दुवैतर्फका धेरै स्थानीयको टाउको फुटेको र जिउभरि चोटपटक लागेको घटनास्थलबाट डिएसपी भाटले बताए । झडपमा लाठी, मुङ्ग्रा, बाँसका भाटाहरू प्रयोग भएका प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया