वीरगन्ज, २ भाद्र । पर्सा र बारामा थप एक सय २३ जना कोरोना संक्रमित पुष्टि भएका छन् । नारायणी अस्पतालमा गरिएको परीक्षणमा पर्सामा थप ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
अस्पतालले दिएको जानकारी अनुसार जिल्लाका वीरगञ्ज महानगरपालिका, बहुदरमाई नगरपालिका,अस्पतालका चिकित्सक, स्वास्थयकर्मी, पत्रकार लगायत जिल्लामा ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
जिल्लाको बहुदरमाई नगरपालिकामा मात्रै २५ जनामा कोरोना संक्रमण भएको पाइएको छ । जसमध्ये वडा नम्बर ४ बहुअरी पिडरी टोलका २० जना रहेका छन् ।
वीरगञ्जको रेडियोमा कार्यरत एक जना पत्रकार, जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय बिर्ताका गरी ७ जना प्रहरीमा समेत कोरोना संक्रमण देखिएको छ ।
वीरगञ्ज महानगरपालिकका विभिन्न स्थानका १८ जनामा कोरोना संक्रमण देखिएको छ ।
तपाईको प्रतिक्रिया