बारा र पर्सामा थप २० जनामा संक्रमण

समाचार

9/1/2020

वीरगन्ज, १६ भाद्र । बारा र पर्सामा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा ४ सय १० वटा स्वाब नमुना परीक्षण गर्दा २० जनामा कोरोना पुष्टि भएको हो ।

जिल्ला प्रशासन कार्यालय पर्साले सार्वजनिक गरेको विवरण अनुसार पीसीआर पोजेटिभ १८ जनामध्ये १८ जना पर्साका र २ जना बाराका छन् ।

यीमध्ये दुई जनामा जीन एक्सपर्ट विधिबाट परीक्षण गर्दा पोजेटिभ देखिएको थियो । जीन एक्सपर्टमा कोरोना पोजेटिभ देखिएको दुवै पुरुष हुन् ।

उनीहरु मध्ये १ जना पर्सा र एक जना बाराको रहेको प्रशासकीय अधिकृत विनय श्रीवास्तवले जानकारी दिए । यो सँगै पर्सा जिल्लामा कोरोना संक्रमितको संख्या २ हजार २ सय १४ पुगेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ