वीरगन्ज, २९ साउन । बारा र पर्सामा ३५ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेश २ मा दिनानुदिन संक्रमितहरु बढ्दै गएका छन् । योसँगै पर्सामा कोरोना संक्रमित १ हजार १ सय ४५ पुगेको छ ।
खासगरी पर्सा जिल्ला कोरोनाको रेडजोनमा परिणत हुँदै गइरहेको छ । नारायणी अस्पतालको पीसीआर प्रयोगशाालमा गरिएको परीक्षका क्रममा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।
कन्ट्याक्ट ट्रेसिङबाट संकलन गरिएको स्वाब नमुना परीक्षणका क्रममा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशालाले जनाएको छ । अधिकांश संक्रमित घण्टाघर, रानीघाट, घडिअर्वा क्षेत्रका छन् ।
वीरगञ्ज–११ पानीट्यांकीको २८ वर्षीय, वीरगञ्जकै १४ वर्षीया किशोरी, २३ र २२ वर्षीय युवक र ४५ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ । वीरगञ्ज–९ को २९ र ३२ वर्षीया महिला तथा १२ वर्षीया बालिकामा पनि कोरोना देखिएको छ ।
वीरगञ्ज–१० घडिअर्वाका ५४ वर्षीय पुरुष, १० र ८ वर्षीय बालक, वीरगञ्ज–१० कै १८ वर्षीय युवक, वीरगञ्ज–९ घण्टाघरका ५५ र ३८ वर्षीय पुरुष, ५०, २६, ३७ वर्षीया महिला, ९ र ५ वर्षका बालिका तथा ७ वर्षका बालकमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
वीरगञ्ज–९ रानीघाटका ५४, ४५, ४१, २४, २५ वर्षीय पुरुष र ३७ वर्षीया महिलामा पनि कोरोना संक्रमण देखिएको छ ।
तपाईको प्रतिक्रिया