बालिकालाई हत्या गरेको आरोपमा दुई जना पक्राउ

समाचार

6/23/2021

सप्तरी, ९ असार । गोठाला गएकी एक बालिकालाई यौन दुर्व्यवहार गरेर हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

सप्तरीको डाक्नेश्वरी नगरपालिका–३ हटेल बस्ने रामउदगार यादवकी नौ वर्षीया छोरी शिवानीकुमारीको हत्या आरोपमा स्थानीय १९ वर्षीय रोहितकुमार यादव र राजु यादवलाई पक्राउ गरिएको हो ।

हँसियाले घाँटी रेटेर हत्या गरिएका अवस्थामा गत शुक्रबार शिवानीको शव हटेल पुवरिया टोलस्थित फूलबारीमा फेला परेको थियो ।

यौन दुव्यर्वहारपछि हत्या गरेका आरोपमा रोहितलाई पक्राउ गरेपछि थप अनुसन्धानका लागि राजुलाई पनि सोधपुछ गर्न नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

हत्याका मुख्य आरोपित रोहित भएको खुलिसकेको र सहयोगीहरु हुन सक्ने आशंकामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ