सिरहा, ३ कात्तिक । सिरहाको सदरमुकाम सिरहामा पहिलो पटक स्वस्फूर्त रुपमा युवा विधार्थीले बलात्कारविरुद्ध प्रदर्शन गरेका छन् । युथ अफ सिरहाले बलात्कार घटनाविरुद्ध जनचेतनामुलुक प्रदर्शनका कार्यक्रम गरेको हो ।
‘गौरवशाली मिथिलाबासी हम, सीता पुजैछी, बेटी लुटैछी, चुपचाप बैसै छी हम’ भन्ने नाराका साथ विभिन्न मुलुकमा चिकित्सक, इन्जिनियर र अन्य विषय लिएर अध्ययन गर्दै विद्यार्थीहरुको समूहले बलात्कारविरुद्ध प्रदर्शन गरेका छन् ।
५ वर्षीय एक बालिकाले ‘अंकल प्लिज मलाई बलात्कार नगर्नुस्’ भनेर प्लेकार्ड बोकी प्रदर्शनमा सहभागी भएकी थिइन् । प्रदर्शनको अगुवाई गरेका इन्जिनियरद्वय छात्र शम्भु महतो र अभिशेष पूर्वे तथा मेडिकल छात्र अभिनाश पुर्वेले गरेका थिए ।
छात्रहरुले अस्पताल चोकको विभिन्न पर्खालमा बलात्कार घटनाविरुद्ध मैथिली भाषामा नारा र सांकेतिक चित्र पनि कोरेका थिए । युथ अफ सिरहाले गोलबजार नगरपालिकामा पनि यस्तै प्रकारको प्रदर्शन गरेका हो ।
तपाईको प्रतिक्रिया