बलात्कार र महिला हिंसा विरुद्ध सप्तरीमा प्रदर्शन

समाचार

10/13/2020

राजविराज, २७ असोज । बलात्कार र महिला हिंसाका मुद्दामा प्रहरीले लापरबाही गरेको भन्दै महिला अगुवाहरुले प्रदर्शन गरेका छन् । उनीहरुले सप्तरी जिल्ला अदालत,जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय अगाडी प्रदर्शन गरेका हुन् ।

उनीहरुले बलात्कार र महिला हिंसाका मुद्दामा प्रहरी नै पञ्चायती गराउन अग्रसर देखिने गरेको आरोप लगाए । उनीहरुले बलात्कारीलाई फाँसीको सजाय हुनुपर्ने माग राखेका छन् ।

प्रहरीको लापरबाहीका कारण जिल्लामा बलात्कार तथा महिला हिंसाका घटना बढिरहेकको राजविराज नगरपालिकाकी उप प्रमुख साधना झाले बताइन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ