बलिदानी दिवसको अवसरमा प्रदेश २ मा सोमबार सार्वजनिक विदा

समाचार

1/17/2021

जनकपुरधाम, ४ माघ । प्रदेश २ सरकारले सोमबार सार्वजनिक विदा दिएको छ ।

बलिदानी दिवसको अवसरमा सोमबार प्रदेशभरी सार्वजनिक विदा दिइएको मुख्यमन्त्री सञ्चार सचिवालयले जनाएको छ ।

मधेश आन्दोलनको क्रममा शहादत प्राप्त गरेका शहीदहरुको सम्झनामा प्रत्येक वर्ष माघ ५ गतेको दिन बलिदानी दिवस मनाइने गरिन्छ ।

पहिलो मधेश आन्दोलनको क्रममा सिरहाको लहानस्थित रमेश महतोले सहादत प्राप्त गरेको स्मरणमा बलिदानी दिवस मनाउँदै आइएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ