काठमाडौं, २३ चैत । महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री जुलीकुमारी महतोले १० वर्षे रणनीतिक योजना बनाएर बालबालिकाका समस्या समाधान गर्न लागेको बताएकी छन् । उनले दशवर्षे रणनीतिक योजनाको लागि तीनवटै सरकारबीच समन्वय भइरहेको बताइन् ।
आइतबार संवाद डबलीले आयोजना गरेको ‘बालबालिकाको विषयमा नीति निर्माणको तहमा हाम्रो चासो’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री महतोले बालश्रम शोषणमा परेका बालबालिका, बालबालिकामुक्त सडक बनाउन मन्त्रालय अगाडि बढिरहेको जानकारी दिइन् । उनले २०७८ सालमा सडकमा मागेर खाने बालबालिका देख्न नपाइने बताइन् ।
मन्त्री महतोले बालबालिका भविष्यका कर्णधार भएको बताउँदै भविष्यको जिम्मा लगाउनु पर्ने भएकोले सबै संवेदनशील हुनुपर्ने बताइन् । उनले बाल श्रमलगायतका क्षेत्रमा कानुन भएपनि कतिपय व्यवहारिक कठिनाई भएको बताएकी छन् ।
महिलालाई आर्थिक शसक्तिकरण र आत्मनिर्भर नभएसम्म बाल हिंसा र शोषण नरोकिने बताइन् ।
तपाईको प्रतिक्रिया