जनकपुरधाम, १२ बैशाख । कोरोना महामारी (कोभिड(१९) संक्रमण तथा नियन्त्रणका लागि वर्ल्ड भिजनले १ सय २५ थान सुरक्षा कवच प्रदेश २ सरकारलाई हस्तान्तरण गरेको छ ।
कोरोनाको विषम परिस्थितिबाट ग्रुजिरहेको बेला वल्र्ड भिजन इन्टरनेसनल नेपालले एक सय २५ थान पीपीइ (पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट) र २५ थान थर्मल गन प्रदेश सरकारका समाजिक विकास मन्त्री नवल किशोर साहलाई हस्तान्तरण गरेको हो ।
पीपीइ सेटमा सर्जिकल मास्क, एन ९५ मास्क, फेस सिल्ड, आइ गगल्स, हेड कभर्स, शुकभर्स, लङग स्लिभ एम्पायर गाउन, डिस्पोजेवल ब्याग र गम्बुटस् रहेको छ ।
पीपीइ र थर्मल गन २१ लाख मुल्य बराबरको रहेको वल्र्ड भिजन इन्टरनेसनल नेपालका प्रतिनिधि शिवजी साहले जानकारी दिए ।
प्रदेश २ सरकार समाजिक विकास मन्त्री नवलकिशोर साहले किट्स् र थर्मलगण ग्रहण गर्दै सही समयमा आइपुगेकाले कोरोना महामारी प्रतिकार्यमा महत्वपूर्ण सहयोग पुग्ने बताए ।
तपाईको प्रतिक्रिया