बुवालाई फलामको रड प्रहार गरी हत्या गर्ने पक्राउ

समाचार

4/20/2020

धनुषा, ८ बैशाख । आफ्नै बुबा ५५ वर्षीय शौकिया सदालाई फलामको रड प्रहार गरी हत्या गरेको अभियोगमा शहिदनगर नगरपालिका–९ डुमरिया बस्ने ३० वर्षीय नथूनि सदालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

घरायसी बिवादको कारण नथुनिले आफ्नै बुबालाई टाउकोमा फलामको रडले प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय यदुकुवा र प्रहरी चौकी चोराकोयलपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ