क्वारेन्टिनमा बसेकाहरुलाई खाजा वितरण

समाचार

6/8/2020

कैलाली, २६ जेठ । कैलालीको घोडाघोडी नगरपालिकाले निमार्ण गरेको क्वारेन्टिनमा बसेकाहरुलाई खाजा वितरण गरिएको छ । वडा नम्बर १ कालिका आधारभुत विद्यालयका सिङ्रुवा बेलकोट र छडि माध्यामिक विद्यालय बेलारमा आश्रय लिईरहेका ८५ जनालाई अण्डा र चना वितरण गरीएको हो ।

नेपाली जनसम्पर्क समिति दक्षिण क्षेत्र भारत बेङलोर बेलेन्धुर शाखा अध्यक्ष दिवश शाहि र लोकेश शाहीको सहयोगमा उपलब्ध भएको खाजालाई बेलार युवा क्लबका युवाहरुको समन्वयमा वितरण गरिएको हो ।

आपत्कालिन अवस्थामा सरकारमात्र नभई आफुहरुले सानो भएपनि सहयोग स्वरुप खाजा उपलब्ध गराएको नेपाली जनसम्पर्क समिति दक्षिण क्षेत्र भारत बेङलोर बेलेन्धुर शाखा अध्यक्ष दिवश शाहिले बताए ।

यस्तो अवस्थामा एक अर्काको आलोचनाभन्दा पनि जनता र सरकार एकजुट भई विपद्को सामना गर्नुपर्ने बताउँदै शाहिले सबै मिलि सहयोग गर्न आग्रह समेत गरेका छन् ।

अहिले स्थानीय सरकार, प्रदेश सरकार, केन्द्र सरकार काम गरेन भनेर आलोचनाभन्दा पनि युवाहरु मिलेर काम गरेको खण्डमा कोरोना संग बिजय साहिल गर्न सकिने उनले बताए । खाजा वितरणमा लोकेश शाही,नरेन्द्र कठायत, कमल सेजवाल र प्रकाश शाही युवाहरुको सहभागीता रहेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ