बसबाट लडेर सहचालकको मृत्यु

समाचार

2/5/2021

झापा, २३ माघ । मेचीनगर नगरपालिका–६ बसपार्कमा को.१ ख ६१६३ नम्बरको बसबाट लडेर सोही बसका सहचालकको मृत्यु भएको छ ।

भोजपुर हतुवागढी गाउँपालिका–१ बस्ने २४ वर्षीय सन्तोष खुलालको शुक्रबार बिहान मृत्यु भएको छ ।

लडेर घाइते भएका उनको आम्दा अस्पताल धुलाबारीमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ