भीआईपीको सुरक्षामा खटिएका सशस्त्र प्रहरी सीमामा खटाइने

समाचार

5/11/2020

काठमाडौं, २९ बैशाख । भीआईपीको सुरक्षामा खटिएका सशस्त्र प्रहरीलाई त्यहाँबाट हटाएर सरकारले सीमा सुरक्षाका लागि खटाउने भएको छ ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सोमबार आयोजित संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकमा बोल्दै भीआईपी सुरक्षामा खटिएका सशस्त्र प्रहरीलाई त्यहाँबाट हटाएर सीमामा खटाउने निर्णय भएको जानकारी दिए ।

‘भीआईपी सुरक्षामा सशस्त्र प्रहरीलाई खटाइँदै आएकोमा अब त्यहाँबाट झिकेर सबैलाई सीमामा खटाउने निर्णय भएको छ,’ परराष्ट्रमन्त्री ज्ञवालीले भने ।

सीमा क्षेत्रमा हाल २२ हजार ६ सय १६ सुरक्षाकर्मी परिचालन भएका छन् । सीमामा सुरक्षा संयन्त्र बढाउने योजना बनाएको सरकारले त्यहीअनुरूप यस्तो निर्णय गरिएको बताइएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ