भइरस फैलाएर विश्वमा प्रभुत्व जमाउने चीनको योजना : ब्राजिलियन मन्त्री

समाचार

4/8/2020

काठमाडौं, २६ चैत । ब्राजिलका शिक्षा मन्त्री अब्राहम वेन्ट्राउबले चीनले कोरोना भइरस फैलाएर विश्वमाथि प्रभुत्व जमाउने योजना बनाइरहेको आरोप लगाएका छन् । पछिल्लो घटनाका कारण दुई देशबीचको सम्बन्धलाई तनावपूर्ण भएको उनले बताए ।

मन्त्री वेन्ट्राउबले भने विश्वव्यापी स्वास्थ्यको क्षेत्रलाई उथलपुथल गर्नु र संकट निमत्याउनुको पछाडि चीनको हात रहेको पनि दाबी गरे ।

‘भौगोलिक रूपले यो विश्वव्यापी संकटको तथ्य बाहिर आउन सक्छ,’ उनले ट्वीट गर्दै भनेका छन् । उनको ट्वीटले चिनियाँ उच्चारणलाई उपहासको शैलीमा लेखिएको । ब्राजिलस्थित चीनको दूतावासले शिक्षा मन्त्रीको यो कुरा बेतुक र घृणित रहेको बताएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ