काठमाडौं, ३० असार । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य तथा प्रतिनिधिसभा सदस्य डा.भीम रावलले आपत्ति जनाएका छन् ।
डा.रावलले मंगलबार सामाजिक सञ्जालमा ट्वीट गर्दै भनेका छन्, ‘यो बेला सीमा क्षेत्र मिचिएको, तराईका वस्ति डुबानमा परेको एवं कालापानी क्षेत्रबाट भारतीय फौंज हट्नुपर्ने विषय उठाई भारतसंग कुरा गर्नुपर्ने हो कि राम र अयोध्यावारे वहस गर्नुपर्ने हो ? विषयान्तर किन ?’
उनले देशलाई गम्भीर असर पार्ने विषयमा पार्टी र सरकार कहीं छलफल गर्नुनपर्ने कस्तो तन्त्र हो भनेर प्रश्न गरेका छन् ।
तपाईको प्रतिक्रिया