भाजपा नेता र मन्त्री ज्ञवालीबीच भेट

समाचार

12/11/2020

काठमाडौं, २६ मंसिर । नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टीको विदेश विभागका प्रमुख डा. विजय चौथाइवाले परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीसँग भेट गरेका छन् ।

सिंहदरबारमा भएको सो भेटका क्रममा नेपाल र भारतबीचका थुप्रै आपसी हितका विषयमा छलफल भएको चौथाइवालेले बताएका छन् ।

यसअघि उनी नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङसँग शिष्टाचार भेटवार्ता गरेका थिए ।

नेकपाका महासचिव एवं अर्थमन्त्री विष्णु पौडेलको निमन्त्रणामा नेपाल आएका चौथाइवालेले बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ