नयाँदिल्ली, १३ जेठ । भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाईवालेले भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यसँग भेटवार्ता गरेका छन् ।
नयाँदिल्लीको बाह्रखम्बास्थित नेपाली दूतावासमा भएको करिब एक घन्टा लामो भेटवार्ता चौथाईवाले र आचार्यबीच खोप र अक्सिजन लगायतका अत्यावश्यक स्वास्थ्य सामग्रीको आपूर्ति विषयमा केन्द्रित रहेको दूतावासले जनाएको छ ।
चौथाईवालेले कोरोना महामारी नियन्त्रणका लागि नेपालले भारतबाट केके सहयोगको अपेक्षा राखेको भन्नेमा जिज्ञासा राखेका थिए ।
‘विशेषगरी कोरोना महामारी र खोप एवं अन्य अत्यावश्यक सामग्री आपूर्तिका विषयमा छलफल भयो,’ राजदूत आचार्यले बताए । भारतको सेरम इन्स्टिच्युटले आपूर्ति गर्न बाँकी दश लाख खोप विषयमा पनि छलफल भएको उनले जानकारी दिए ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहका विश्वासपात्र चौथाईवालेको राजदूत आचार्यसँगको भेटलाई नेपालमा विकसित राजनीतिक घटनाक्रमको पृष्ठभूमिमा अर्थपूर्ण ठानिएको छ । राजदूत आचार्यका अनुसार नेपालको राजनीतिक घटनाक्रमाका बारोमा चौथाईवालले भारत सरकारकै धारणा दोहो¥याएका थिए ।
तपाईको प्रतिक्रिया