भूति अतिक्रमणको विरोधमा चिनियाँ दूतावास अगाडि नेविसंघको प्रदर्शन

समाचार

9/28/2020

काठमाडौँ, १२ असोज । नेपाल विद्यार्थी संघ (नेविसंघ)काले चिनियाँ दूतावास अगाडि प्रदर्शन गरेका छन् ।

प्रदर्शनमा उत्रिएका नेता नवराज त्रिपाठीसहित ६ जना विद्यार्थी नेता कार्यकर्ता पक्राउ परेका छन् ।

चिनियाँ दूतावास अगाडि प्रदर्शन गरिरहेका मध्ये ६ जनालाई प्रहरीले सोमबार पक्राउ गरेको हो । नेविसंघका कार्यकर्ताले चिनियाँ हस्तक्षेप बन्द गर, सीमा मिच्न पाइँदैन भन्दै चिनिया दूतावासमा प्रदर्शन गरेका थिए । नेविसंघका नेता कुन्दन काफ्ले चिनियाँले नेपाली भूमि मिचेर भवन निर्माण गर्दा पनि सरकार मौन बसेकाले आफूहरु सडकमा उत्रनु परेको बताए ।

उनले भने, ‘माङ्खा गाउँपालिका वडा नम्बर ६ मा सीमा मिचिएको । २०६६ सालसम्म नेपालीले भोगचलन गर्दै आएको करिब डेढ किलोमिटर जग्गा मिचिएको छ । अहिले त्यहाँ ठूला भवनलगायत भौतिक संरचना निर्माण गर्ने काम भएको छ । नेपालको कम्युनिस्ट सरकारलाई चिनियाँ कम्युनिस्ट पार्टीले प्रशिक्षण दिएपछि सरकारले चीनका कुनै पनि गतिविधिमा बोलेको छैन् । यो रोक्नुपर्छ । सीमा मिच्ने काम कुनै हालतमा सह्य हुने छैन ।’

कालापानी, सुस्तालगायतका क्षेत्रमा नेपाली भूमि निरन्तर अतिक्रमणमा परिरहेको र समस्या समाधानमा राज्य उदासीन रहिरहेको सन्दर्भमा स्कुल क्याम्पसमा अध्ययन गरिरहेका विद्यार्थीहरुलाई नेपाली भूमि र सिमानाबारे सूचित गराउनु नेपाली विद्यार्थी आन्दोलनको एउटा महत्वपूर्ण जिम्मेवारी रहेको अभियन्ताहरुले बताएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ