भेन्टिलेटर नपाउँदा जलेश्वरमा संक्रमितको मृत्यु

समाचार

5/8/2021

जलेश्वर, २५ बैशाख । महोत्तरीको जलेश्वर अस्पतालमा भेन्टिलेटर सेवा संचालन नहुँदा कोरोना संक्रमितको मृत्यु भएको छ । महोत्तरी जिल्लाको महोत्तरी गाउँपालिका–४ का ४२ वर्षीय रघुनाथ पाण्डेको मृत्यु भएको हो ।

मृत पाण्डे सर्लाहीको धनकौल गाउँपालिकाको शिक्षा संयोजक पदमा कार्यरत थिए । बिहीबार श्वासप्रश्वासमा समस्या आएपछि पाण्डेलाई जलेश्वर आस्पतालको आइसुलेसन कक्षमा अक्सिजन दिएर राखिएको थियो । शुक्रबार आरटिजेन्स विधिबाट कोरोना परीक्षण गर्दा उनका कोरोना संक्रमण देखिएको थियो ।

उपचारमा संलग्न डाक्टरले थप उपचारका लागि भेन्टिलेटरमा राख्नु पर्ने परिवारलाई जानकारी दिएका थिए। अस्पतालमा कोरोना संक्रमितलाई बोक्ने एम्बुलेन्स नहुँदा समस्या भएको थियो ।

अक्सिजन सहितको १५ बेडको अस्थायी कोभिड अस्पताल एक साता अघिदेखि अस्पतालले संचालनमा ल्याइएको थियो । गत बर्ष जलेश्वर अस्पतालले २ करोड बढीमा ५ वटा भेन्टिलेटर खरिद गरेको थियो । तर, जनशक्ति नहुँदा भेन्टिलेटर थन्किएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ