वीरगन्ज, ६ जेठ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारको तर्फबाट वीरगन्जको नारायणी अस्पताललाई २ थान भेन्टिलेटर हस्तान्तरण गरेका छन् ।
अस्पताल परिसरमा आयोजित एक कार्यक्रमबीच मुख्यमन्त्री राउतले २ थान भेन्टिलेटर हस्तान्तरण गरेका हुन् । वीरगन्जमा तीव्र रूपमा फैलिरहेको कोरोना भाइरस रोकथाम नियन्त्रण तथा उपचार गर्न अस्पताललाई भेन्टिलेटर हस्तान्तरण गरिएको मुख्यमन्त्रीका स्वकीय सचिव दीपक यादवले जानकारी दिए ।
अस्पतालका मेसु सञ्जय ठाकुरलाई भेन्टिलेटर मुख्यमन्त्री राउतले हस्तान्तरण गरेको यादवले बताए ।
साथै, अक्सिजनलगायत अत्यावश्यक औषधि व्यवस्थापन गर्न प्रदेश सरकारबाट २० लाख उपलब्ध गराउनेसमेत मुख्यमन्त्री राउतले आश्वासन दिए ।
यस्तै, पर्साको पोखरिया अस्पताललाई पनि प्रदेश सरकारकोतर्फबाट दिइएको ५ लाखको चेक हस्तान्तरण गरिएको छ ।
अस्पतालमै पुगेर उक्त रकम बराबरको चेक मुख्यमन्त्री राउतका स्वकीय सचिव यादवले पोखरिया अस्पतालका निम्ति मेसु सञ्जय साहलाई एक कार्यक्रमबीच हस्तान्तरण गरेका हुन् ।
पोखरिया अस्पतालमा उपचाररत संक्रमितको उपचारमा आवश्यक पर्ने अक्सिजनलगायत अति आवश्यक औषधि व्यवस्थापन तथा खरिद गर्न ५ लाख रुपैयाँको चेक हस्तान्तरण गरिएको हो ।
तपाईको प्रतिक्रिया