भन्सार छली ल्याउँदै गरेको विभिन्न सामान बरामद

समाचार

2/10/2021

पर्सा, २८ माघ । भन्सार छली ल्याउँदै गरेको करिब ११ लाख ४८ हजार ९ सय २० रुपैयाँ बराबरको लत्ताकपडा, खाद्यान्न र हार्डवेयर लगायतका सामानहरु बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्सा तथा सीमामा रहेका प्रहरी इकाईबाट विभिन्न मिति र समयमा खटिएको प्रहरीले अवैध रुपमा भन्सार छली ओसार पसार गर्दै गरेको अवस्थामा फेला पारी उक्त सामानहरू बरामद गरेको हो ।

बरामद सामान आवश्यक कारवाहीको लागि वीरगंज भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ