भूमि अतिक्रमणको विरोधमा चिनियाँ राष्ट्रपतिको पुत्ला दहन

समाचार

10/11/2020

कपिलवस्तु, २५ असोज । हुम्लाको लाप्चा गाउँमा भूमि अतिक्रमण गरेको विरोधमा चिनियाँ राष्ट्रपति सी चिनपिंगको पुत्ला दहन गरिएको छ ।

प्रदर्शनको क्रममा चिनियाँ विस्तारबाद मुर्दावाद, हस्तक्षेप बन्द गर लगायतका नारा लगाइएको थियो ।

कपिलवस्तुका स्थानीय यूवाले भूमि अतिक्रमणविरुद्धको प्रदर्शनका क्रममा महिला हिंसाविरुद्ध कडा कारबाहीको माग गर्दै साथै डा. गोविन्द केसीको अनसनलाई पनि समर्थन जनाएका थिए ।

प्रदर्शनको क्रममा कम्युनिस्ट सरकारले चरम भ्रष्टाचार गरेको सरकारविरुद्ध पनि नारावाजी गरेका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ