काठमाडौं, ११ जेठ । नेकपा एमाले माधव नेपाल समूहका निष्काशित नेता डा.भीम रावलले मधेशप्रति भ्रम फैलाइरहेको भन्दै जनता समाजवादी पार्टी नेपालका नेता प्रदीप यादवले आपत्ति जनाएका छन् ।
नेता रावलले वीरगन्जमा ठूलो संख्यामा भारतीयहरु नागरिकता लिइरहेको लगायतका कुरा सामाजिक सञ्जालमा ट्वीट गरेका थिए ।
रावलको भनाइको खण्डन गर्दै नेता यादवले भनेका छन्, ‘माननीय भीम रावल जी, तपाई त देश चिनेको नेता तर मधेश मात्र चिन्नु भएन । नागरिकको गरिमा बुझेर बोलेकोभए राम्रो हुन्थ्यो ।’
यादवले भनेका छन्, ‘म वीरगंजबाट निर्वाचित सांसद हुँ । वीरगंज अहिले कोरोना महामारीसँग जुधिरहेको छ । कोरोनाले गर्दा यहाँको नागरिकको ज्यान दैनिक रूपमा गइरहेको छ यहाँको आवस्था अत्यंतै जटिल तथा भयावह छ । यहाँको नागरिक जीवन र मृतयुसँग जुझिरहेका छन् र यहाँका स्थानीय प्रशासनले महीनों देखी निषेधाज्ञा लगाएको छ र यहाँको जिल्ला प्रशासन कार्यालय लगायात सबै कार्यालयहरू बन्द रहेको छ ।’
‘सबै कार्यालय बन्द रहँदा कुन कार्यालयबाट नागरिकता वितरण भइरहेको छ भिम रावल जी ? तपाईं जस्तो बोद्धिकता भएको मान्छे भ्रम फैलाउँछ भने मलाई लागेको थिएन ।’ नेता यादवले भनेका छन् ।
तपाईको प्रतिक्रिया