भारतको आसाम राज्यले चीनबाट ल्यायो ५० हजार थान पीपीई

समाचार

4/17/2020

काठमाडौं, ५ बैशाख । भारतमा लकडाउन जारी रहेको बेला आसाम राज्यले चीनबाट ५० हजार थान पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पीपीई) हवाईमार्गबाट भित्राएको छ ।

विदेशबाट पीपीई लगायतका सामग्री ल्याउने भारतको पहिलो राज्य बनेको छ । आसामका स्वास्थ्यमन्त्री हिमन्त विश्व शर्माले ब्लुडार्ट कम्पनीको जहाजलाई पृष्ठभूमिमा राखेर खिचिएको आफ्नो फोटो सार्वजनिक गर्दै चीनबाट स्वास्थ्यसँग सम्बन्धित सामग्री ल्याएको जानकारी दिएका थिए ।

भारतका अन्य राज्यहरुले कोरोनाविरुद्ध लड्न स्वास्थ्य सामग्री अभाव रहेको भनिरहेको बेला आसामले छिमेकी चीनबाट यति धेरै स्वास्थ्य सामाग्री भित्राएको भन्दै जनस्तरबाट प्रशंसा भइरहेको छ ।

आसाममा ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ, जसमध्ये पाँच जना उपचारपछि निको भइसकेका छन् भने एक जना बिरामीको मृत्यु भएको छ । सुरुवाती चरणमा आसाममा पीपीईको चरम अभाव थियो । अहिले डेढ लाख पीपीई स्टक रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोरोना भाइरस परीक्षणका लागि चीनले बिहीबार भारतलाई ६ लाख ५० हजार टेस्टिङ किट पठाएको छ । ५ लाख ५० हजार र्या्पिड एन्टिबडी डायग्नोस्टिक किट र एक लाख आरएनए एक्सट्रक्सन किट चीनले भारत पठाएको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ