भारतको इतिहासमै सन्तुलित मन्त्रिपरिषद्

समाचार

7/8/2021

काठमाडौं, २४ असार । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतकै इतिहासमा सबैभन्दा ठूलो मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

उनको मन्त्रिमण्डल ७८ सदस्यीय भएको छ । बुधबार सर्वार्थ सिद्धि योगमा प्रधानमन्त्री मोदी मन्त्रिपरिषद्का ४३ जनाले शपथ लिए । शपथ लिनका लागि ३४ जनाले हिन्दी र ९ जनाले अंग्रेजी भाषा चुनेका थिए ।

शपथग्रहण कार्यक्रममा ३६ जना नयाँ मन्त्रीले शपथ लिए । मौजुदा रहेका ७ मन्त्रीको पदोन्नति भयो भने १२ जनाले राजीनामा दिए ।

मोदीले अनुराग ठाकुर, जीके रेड्डी, मनसुख मन्डाविया, किरन रिजिजू, आरके सिंह, हरदीप सिंह पुरी र पुरुषोत्तम रुपालाको पदोनन्नति गरेका छन् । उनीहरु राज्यमन्त्रीबाट मन्त्री भएका हुन् ।

नयाँ ३६ मन्त्रीमध्ये सबैभन्दा बढी उत्तर प्रदेशका ७ जना हुन् । मोदीको टिममा ११ महिला, ७ नयाँ मन्त्री सात राज्यबाट रहेका छन् ।

७७ मन्त्रीहरुलाई जातिगत रुपले विभाजन गर्दा ८ राज्यबाट १२ दलित मन्त्री भएका छन् । ८ राज्यबाट ८ आदिवासी मन्त्री भएका छन् । १५ राज्यबाट २७ ओबीसी मन्त्री भएका छन् र ५ राज्यबाट ५ अल्पसंख्यक मन्त्री भएका छन् ।

२३ मन्त्री कम्तीमा ३ पटक सदस्य रहेर कमसेकम संसदीय कामकाजमा १० वर्षको अनुभव लिइसकेका हुन् । त्यस्तै ४ पूर्व मुख्यमन्त्री, १८ जनाले पहिले राज्यमा मन्त्री भइसकेका र ३९ पूर्व विधायक हुन् जसले राज्यमा विधायी कामकाज देखिसकेका छन् ।

व्यवसायीक रुपले पनि मोदी सरकारको मन्त्रिमण्डल सन्तुलित देखिएको छ । जसमा ६८ जना स्नातक हुन् । १३ जना वकिल हुन् ।

७ पूर्व प्रशासक हुन् । ७ मन्त्री विद्यावारिधि प्राप्त हुन् । ६ जना डाक्टर हुन् । ५ जना इन्जिनियर हुन् । ३ मन्त्रीले व्यवस्थापनमा स्नातकोत्तर गरेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ