भारतको गाजियाबादमा १८ नेपाली किशोरको उद्धार

समाचार

10/20/2020

नवलपरासी, ५ कात्तिक । वैदेशिक रोजगारीका लागि भारत पुर्‍याइएका १८ नेपाली किशोरलाई भारतीय प्रहरीले उद्धार गरी नेपाल फर्काइदिएको छ ।

भारतमा रोजगारीका लागि लगिएका ती किशोरहरुको भारतको गाजियाबादबाट उद्धार गरेर भारतले मंगलबार सुनौली नाका हुँदै नेपाल ल्याएर रुपन्देही प्रहरीलाई बुझाएको हो ।

पूर्वी नवलपरासीका एसपी प्रकाश मल्लले भारतीय प्रहरीको सहयोगमा नेपाल ल्याइएका किशोरहरुलाई नवलपरासीमा अभिभावकको जिम्मा लगाउने तयारी भएको छ । उनीहरु १४ वर्षदेखि १९ वर्ष उमेर समूहका छन् । उनीहरुलाई लैजाने ४ जनालाई पनि प्रहरीले समातेर ल्याएको छ ।

आफन्त नेपाल नामक संस्थाको सहयोगमा ती किशोरलाई भारतको गाजियाबादमा पक्राउ परेका हुन् । त्यो संस्था भारतमा पनि कार्यरत छ ।

उनीहरुलाई भारतमा आकर्षक रोजगारी दिने भन्दै एउटै गाडीमा राखेर भारतको गाजियाबाद पु¥याउँदा अघिल्लो साता त्यहाँको प्रहरीले पक्राउ गरेर दिल्ली प्रहरीलाई बुझाएको हो । उनीहरु गाजियाबादमा गाडीमा हिँड्दै गर्दा पक्राउ परेको प्रारम्भिक अनुसन्धानबाट खुलेको मल्लको भनाइ छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ