बैतडी, १८ बैशाख । ३४ दिनदेखि भारतीय सीमा नाका झुलाघाट र पिथौरागढ क्वारेन्टाइनमा रहेका ८३७ जना नेपालीलाई नाका खोलेर नेपाल ल्याउन सुरु गरिएको छ ।
र सरकारको पहलमा जिल्ला प्रशासन कार्यालय बैतडीले नाका खोलेर नेपाल ल्याउन सुरु गरेको बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिए ।
विहीबार मध्यान्हसीमा नाकाबाट तीनसय जना भित्रिसकेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रनाउ डिल्लीनारायण पाण्डेयले जानकारी दिए । भारतबाट नेपाल भित्रिएका नेपालीको स्वास्थ्य जाँच गर्न जिल्ला स्स्वास्थ्य कार्यालयले उपकरणसहित १० जना भन्दा बढी स्वास्थ्यकर्मी सीमाना कामाका खटाएको छ ।
भारतबाट नेपाल ल्याउन लागेका सबै जना एक महिनाभन्दा बढी भारतीय क्वारेन्टाइनमा बसे पनि नेपाल सरकारको नीति अनुसार सीमा नाकामै स्वास्थ्य परीक्षण गरिएको छ । भारतीय क्वारेन्टाइनमा रहेका नेपालीले लामो समयपछि नेपाल फर्किन पाएकोमा खुशी व्यक्त गरेका छन् ।
तपाईको प्रतिक्रिया