भारतको धार्मिक सभामा सहभागि ८ जना क्वारेन्टाइनमा

समाचार

4/3/2020

सिरहा, २२ चैत । भारतमा आयोजना गरिएको धार्मिक कार्यक्रममा सहभागी भएर घर फर्किएका ८ जनालाई सिरहा प्रहरीले क्वारेन्टाइनमा पठाएको छ ।

मंगलवार मध्यराती घर फर्किएका उनीहरु स्वास्थ्य जाँच नगराई सिधैँ घर पुगेका थिए । नेपाल तथा सशस्त्र प्रहरी, नेपाली सेना, अनुसन्धान प्रहरी र स्वास्थ्यकर्मीको संयुक्त टोलीले उनीहरुलाई घरबाटै नियन्त्रणमा लिई क्वारेन्टाइनमा पठाएको हो ।

हालसम्म गोलबजारमा २५ जना क्वारेन्टाइनमा रहेका क्वारेन्टाइन इन्चार्ज निरन्जन सिंह बताए । उनका अनुसार भारतबाट फर्किदा समेत स्वास्थ्य जाँच नगराई घरमै बसिरहेकाहरुको खोजी गर्ने क्रममा उनीहरुलाई गोलबजार नगरपालिका १० बलकावा बाट नियन्त्रणमा लिएर क्वारेन्टाइनमा पठाइएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी उमाप्रसाद चतुर्बेदीका अनुसार भारतबाट आएका थप केही व्यक्तिको खोजी कार्य भइरहेको बताएका छन् ।

भारतको दिल्ली नजामुद्दीस्थित जमातमा सहभागी भएकाहरुमा कोरोनो संक्रमण देखिएसँगै त्यहाँ सहभागी सबैको स्वास्थ्य उच्च जोखिममा रहेकाले जमातबाट फर्किएका व्यक्तिहरुलाई क्वारेन्टाइनमै बस्न उनले आग्रह समेत गरेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ