भारतको मणिपुरमा अलपत्र नेपाली महिलाको उद्धार

समाचार

7/13/2020

काठमाडौं, २९ असार । विगत नौ महिनादेखि भारतको मणिपुरमा अलपत्र परेका नेपाली महिलाहरुमध्ये २१ जनाको उद्धार गरिएको छ । दिल्लीस्थित नेपाली दूतावासको पहलमा उनीहरुको उद्धार भएको हो ।

मानव तस्करहरुको प्रलोभनमा परेर म्यानमारको बाटो हुँदै वैदेशिक रोजगारीका लागि खाडी मुलुक जान हिँडेका उनीहरु मणिपुरमा अलपत्र परेका थिए ।

उनीहरुलाई मणिपुर प्रहरीले पक्राउ गरेर त्यहींको सेल्टर होममा पु¥याएको थियो । दूतावासले काउन्सिलर तथा प्रहरी वरिष्ठ उपरीक्षक प्रकाश अधिकारीलाई नै मणिपुरको इम्फाल पठाएको थियो ।

करीब दुई साताको प्रशासनिक प्रक्रियापछि बल्ल उनीहरुको उद्धार सम्भव भएको हो । मणिपुरमा अलपत्र परेका मध्ये ५ जनाको उद्धारका लागि भने अझै समय लाग्ने भएको छ ।

दिल्लीस्थित दूतावासका प्रवक्ता हरि ओडारीका अनुसार उद्धार गरिएका २१ जना महिलाहरुलाई नै मणिपुरबाट बसमा काकडभिट्टातर्फ लगिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ