भारतका विदेश सचिव नेपाल आउने

समाचार

11/10/2020

काठमाडौं, २५ कार्तिक । भारतका विदेश सचिव हर्षबर्धन श्रृंगला आउँदो महिना नेपाल आउने भएका छन् । उनी यही नोभेम्बरको अन्त्य अर्थात मंसिरको दोश्रो साता काठमाडौँ आइपुग्ने भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

विशेषगरी नेपालसँग पछिल्लो समय चिसिएको सम्बन्ध सुधारका लागि उनको भ्रमण हुन लागेको बताइएको छ ।

नेपालसँगको सम्बन्ध बिग्रिएसँगै आलोचना खेपिरहेको भारत सरकारले विदेश सचिव हर्षवर्धन श्रींग्लालाई नेपाल भ्रमणमा पठाउन लागेको हो । भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवणे नेपाल भ्रमण गरेर फर्किएको एक सातापछि नै विदेश सचिव श्रींग्ला नेपाल भ्रमणमा आउने कार्यक्रम तय भएको हो ।

नेपालसँगको सम्बन्ध सामान्य बनाउन भारतले ठूलो कदम चालेको भारतीय सञ्चारमाध्यम बताउँछन् । भारतीय सेनाध्यक्ष नरवणेले प्रधानमन्त्री केपी ओलीसँग समेत भेट गरेका थिए । त्यस क्रममा दुई देशबीच संवादबाट समस्या समाधान गर्ने कुरा भएको बताइएको थियो ।

हिन्दुस्तान टाइम्सका अनुसार भारतीय विदेश सचिव श्रींग्ला मंसिर ११ मा नेपाल आउने र १२ मा फर्कने छन् । नेपाल भ्रमणको अवसरमा श्रींग्लाले प्रधानमन्त्री केपी शर्मा ओलीसहित राष्ट्रपति विद्यादेवी भण्डारी, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई पनि भेट गर्नेछन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ